बिराटनगर मंसिर ९
भारतीय नाकाबन्दी र मधेश आन्दोलनका कारण मुलुक अस्तब्यस्त बनीरहेको अवस्थामा सिमानाकाहरुबाट अवैध रुपमा सामान ओसार प्रसार गर्ने गिरोह सक्रिय रहेको पाइएको छ । बन्द रहेको नाकाबाट अवैध रुपमा सामान भित्रयाउने र रातको समयमा प्रहरी शुरक्षा भित्रै स्कर्टीङको समयमा सामान ओसार पैसार गर्ने एक ब्याक्तिलाई सुनसरीको लौकहीबाट प्रहरीले रङ्गेहात पक्राउ गरेपछि यस्तो पाइएको हो ।
प्रहरी शुरक्षा भित्र स्कर्टिङ गरी गन्तब्य तर्फ लैजाने क्रममा एउटा सवारी साधनबाट अर्को सवारी साधनमा सामान ओसार्दै गरेको फेला पारेपछि इलाका प्रहरी कार्यालय इटहरीले सुनसरी लौकहीका ३० बर्षीय उदयानन्द यादवलाई पक्राउ गरेको छ । पक्राउ परेको यादवको साथबाट करी ८ लाख मुल्य बराबरको किचनका सामग्री र लत्ताकपडाहरुका साथै सादवले प्रयोग गरेको मे १ ज १५२८ नम्बरको पिकअप भ्यान समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
बरामत सामग्री र सवारीलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग पूर्वाञ्चल इकाई कार्र्यालय इटहरीमा लागिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरिक्षक ओमप्रसाद अधिकारीले जानकारी दिएका छन ।