अपाङ्ता छोराछोरी भएको परिवारलाई सहयोग

<span class='c1'>अपाङ्ता छोराछोरी भएको</span> <span class='c2'>परिवारलाई सहयोग</span>

 

झापाको दमकबाट अमेरिका जानुभएकी तुलशा ढुङ्गानाले इटहरा—७ मोरङका ढुङ्गना दम्पत्तीको अपाङ्गता भएका छोराछोरीको लालनपालनको लागि सहयोग स्वरुप १० हजार ४ सय ७५ रुपैैया सहयोग गर्नुभएको छ ।
पत्रकार तेजन खड्कालाई उहाँले अमेरिकाबाट ति परिवारलाई लागि उक्त रकम पठाउनुभएको हो । खड्काले उक्त रकम ढुङ्गाना परिवारलाई बुझाउनेछन् ।

यसअघि ढुङ्गना परिवारलाई अमेरिकाबाट नेत्र आचार्यले १४ हजार १ सय रुपैया, दमक बस्दै आउनुभएका बैगुनधुरा—९ दहगाउँका राजु निरौंला गोबिन्दले २५ सय रुपैंया र राजघाट—५ बाट जापान र हङकङ जानुभएका ममता मगर र बालिका गुरुङ ५÷५ हजार सहयोग गर्नुभएको थियो ।
यस्तै देउसी खेलको रकमबाट इटहरा सोमबारेका युवाहरुले खाद्यन्य तथा ब्लाङकेट सहयोग गरेका थिए ।
बिभिन्न सञ्चारमाध्यममा पत्रकार तेजन खड्काले लेखेको समाचार हेरेपछि उहाँहरुले सहयोग गर्नुभएको थियो ।
तुलसीराम ढुङ्गना र सृजना ढुङ्गनाको छोरीछोरी निर्मला, निर्मल, उमेश, पार्वता र गोमा अपाङ्गता तथा सुस्तमनस्थिती छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्