विप्लप माओवादीले जलायो भारतीय दूतावासको गाडी

<span class='c1'>विप्लप माओवादीले जलायो</span> <span class='c2'>भारतीय दूतावासको गाडी</span>

बिराटनगर मंसिर १२

आज लाजिम्पाटमा विप्लव माओवादीका कार्यकर्ताले भारतीय दूतावासको गाडीमा आगजनी गरेका छन्।भारतीय काउन्सीलरले चढ्ने गरेको २२ सि डी नम्बरको गाडीमा शनिबार बिहान नेकपा माओवादीको कार्यकर्ताले आगो लगाएको दाबी गरेका छन्। आगजनीबाट गाडीको भित्री भाग जलेको छ भने केही सीसाहरू फुटेका छन्। अन्य कुनै मानविय क्षति भएको छैन।
भारतले लगाएको नाकाबन्दीको बिरोधमा आन्दोलनमा उत्रिएको विप्लब माओवादीले भारतीय दूतावासको गाडीमा आगजनी गरेको दाबी गरेको हो। उसले आइतबार बन्द आव्हान गरेको छ। यता प्रहरीले भने गाडीमा विद्युत तार सट भएर आगो सल्केकोले आगजनी भएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्