नेपाली काँग्रेस पार्टीको कार्यशैलीप्रति तीव्र असन्तुष्टि

नेपाली काँग्रेस पार्टीको कार्यशैलीप्रति तीव्र असन्तुष्टि

विराटनगर १२ मसिर
नेपाली काँग्रेसका पूर्वमन्त्रीहरुले पार्टीको नेतृत्वको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन् । पूर्वमन्त्री, पूर्वसांसद र पूर्व्जिल्ला सभापतिले आज आयोजना गरेको ‘नेपाली काँग्रेसमा देखापरेका सङ्कट र हाम्रो भूमिका’ विषयको छलफल कार्यक्रममा पार्टीले पछिल्लो समयमा खेलेको भूमिकाप्रति असन्तुष्ट व्यक्त गरेका हुन् । काँग्रेसका केन्द्रीय सदस्य पद्मनारायण चौधरीले पार्टीले गुटको राजनीतिक अन्त्य गरेर अगाडि बढ्नु आवश्यक रहेको औँल्याउनुभयो । उहाँले भन्नुभयो, “१२ औँ महाधिवेशनलाई एकताको महाधिवेशन भनिए पनि पार्टी्भित्र देखिएका मनमुटाव, विवाद र गुटबन्दी बढ्दै गयो, आगामी १३ औँ महाधिवेशनमा गुठबन्दीको अन्त्य गरी पार्टीलाई सशक्त ढङ्गले अगाडि लैजानुपर्छ ।” पार्टीका अर्का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रामकृष्ण ताम्राकारले पार्टीका गम्भीर विषयमा हुने छलफल पार्टी नेतृत्वले केन्द्रीय सदस्यको अनुपस्थितिमा एक लौटी ढङ्गले निर्णय गर्ने गरेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्