आफ्नै जेठाजु र आमाजुुद्धारा बलत्कार

<span class='c1'>आफ्नै जेठाजु र</span> <span class='c2'>आमाजुुद्धारा बलत्कार</span>

विराटनगर १२ मसिर
लैंगिक हिंसाबिरुद्धको १६ दिने अभियान चलिरहेका बेला ताप्लेजुुङमा आफ्नै जेठाजु र आमाजुदाजुले बलत्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको छ । ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक शान्तिराज कोईरालाका अनुसार जिल्लाको खोक्लिङ गाविसमा जेठाजु र आमाजुदाजुको सामुहिक बलात्कारको सिकार बनेकी ३० बर्षीया एक महिलाले प्रहरीमा उजुरी गरेकी हुन् । दर्ता गराएको उजुरी अनुसार ती महिलाको चारदिनको अन्तरमा ६० बर्षे जेठाजु मानबहादुर बस्नेत र पीडितकै आमाजु दाजु ४५ बर्षे जर्नादन थापाले घाँस काट्न जंगल गएको मौका छोपेर उनलाई जबर्जस्ती बलात्कार गरेका हुन् । उनका श्रीमान रोजगारका सिलसिलामा केही वर्षदेखि खाडी मुलुकमा थिए । घटनापछि श्रीमान घर फर्किएका छन् । दुबै अभियुक्त फरार रहेकाले खोजिकार्य जारी रहेको प्रमुख कोईरालाले बताए । उनीहरुले बलात्कार गरिसकेपछि कसैलाई भने मारिदिने भन्दै जंगलमै खुकुरी देखाएर धम्की समेत दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्