मधेसी मोर्चाको बन्दका कारण मोरङ जिल्लामा जग्गाको कारोबार घट्यो

<span class='c1'>मधेसी मोर्चाको बन्दका कारण मोरङ</span> <span class='c2'>जिल्लामा जग्गाको कारोबार घट्यो</span>

बिराटनगर मंसिर १२

मधेसी मोर्चाको बन्दका कारण मोरङ जिल्लामा जग्गाको कारोबार घटेको छ ।
निरन्तरको बन्दका कारण जग्गामा लगानी कम हुुन थालेपछि विराटनगरलगायतका क्षेत्रमा जग्गाको खरिद बिक्रीमा कमी आएको हो । जिल्ला मालपोत कार्यालय मोरङमा बन्दअघि दैनिक ९० देखि १ सयसम्म जग्गा पास हुुने गरेकोमा अहिले ४० देखि ४५ वटा मात्र जग्गा पास हुुने गरेको छ ।

पास भएका जग्गाहरु बैंकमा धितो राख्ने र दृष्टिबन्धकका रहेको उहाँले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा साउनदेखि कात्तिक महिनासम्मको अवधिमा ८ हजार ५ सय ९६ वटा जग्गा पास भएकोमा चालुु आर्थिक वर्षको सोही अवधिमा ५ हजार ५ सय ६६ वटा जग्गा पास भएका छन् । । विराटनगर तथा रिङरोड साइडका टंकीसिनवारी, कटहरी, झोराहाट, वैजनाथपुुर, हात्तीमुुढा, बाँसबारी तथा डंग्राहामा वसोवासका लागि बढी जग्गा खरिद बिक्री हुुने गरेकोमा अहिले किनबेच न्यून छ । करिब साढे ३ महिनाभन्दा लामो समयदेखिको बन्दका कारण यातायातका साधनहरु सञ्चालन नभएपछि विराटनगरभन्दा बाहिरबाट कार्यालयमा सेवा लिन आउन नसक्दा जग्गा खारिद बिक्रीमा कमी आएको अधिकृत अमात्यले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्