विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा औषधि अभाव

<span class='c1'>विराटनगरस्थित कोशी अञ्चल</span> <span class='c2'>अस्पतालमा औषधि अभाव</span>

बिराटनगर मंसिर १२

विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा सुत्केरी भएपछि हुनसक्ने रक्तश्राव रोक्न प्रयोग हुने औषधि अक्सिटक्सिनको अभाव भएको छ ।

भारतको अघोषित नाकाबन्दी र मधेसी मोर्चाले गरेको अनिश्चितकालीन आमहड्तालका कारण औषधिको आपूर्ति हुन नसक्दा औषधिको अभाव भएको हो । नेपाल सरकारले सुत्केरी गराउँदा प्रयोग हुने औषधि निःशुल्क रुपमा वितरण गर्दै आएको थियो । तर लामो समयदेखिको बन्दले गर्दा औषधि ल्याउन नपाउँदा औषधि सकिएको स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर संगीता मिश्रको भनाइ छ ।
यता विराटनगरका औषधि पसलहरुमा समेत अक्सिटक्सिनको अभाव भएको औषधि व्यवसायीहरुले बताएका छन् । अक्सिटक्सिन औषधि सुत्केरी व्यथा लगाउनसमेत प्रयोग हुन्छ । देशभर दैनिक करिब दुई हजार महिला सुत्केरी हुने गर्छन् । ती सबैलाई अक्सिटोसिन औषधि दिनैपर्ने चिकित्सकहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्