भारतीय एसएसबीका सुरक्षाकर्मीलाई भारतीय प्रहरीलाई जिम्मा

<span class='c1'>भारतीय एसएसबीका सुरक्षाकर्मीलाई</span> <span class='c2'>भारतीय प्रहरीलाई जिम्मा</span>

 

विराटनगर १३ मसिर । झापाको बिहारसंग सीमा जोडिएको केचना गाविसमा आज विहान नियन्त्रणमा लिइएका भारतीय सीमा सुरक्षा बल एसएसबीका सुरक्षाकर्मीलाई भारतीय प्रहरीलाई जिम्मा लगाइएको छ । झापाका सहायक जिल्ला प्रमुख अधिकारी डमरु प्रसाद निरौला र डिएसपी भीम दाहालको रोहवरमा १३ जनालाई नै भारतीय सिमा सुरक्षाबलका कमाण्डरलाई जिम्मा लगाइएको हो । केचना गाविसको सीमा नाकाबाट अवैध रुपमा नेपाल प्रवेश गरेका १३ जना एसएसबीका सुरक्षाकर्मीहरुले केचना–४ का लाल महमद मिंयाको घरमा प्रवेश गरी अभद्र व्यवहार गर्न लागेपछि स्थानियबासीहरुले प्रतिकार गरेका थिए । मिंयाको घरबाट उनीहरुलाई सशस्त्र प्रहरीको बोर्डर आउट पोस्टका सशस्त्र प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका मध्ये चार जनासँग अत्याधुनिक राइफल समेत थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्