विवेकशील नेपाली दलको नयाँ केन्द्रिय कार्यसमिती गठन

विवेकशील नेपाली दलको नयाँ केन्द्रिय कार्यसमिती गठन

बिराटनगर मंसिर १४ ,

नेपाली युवाहरुले सुरु गरेको बिबेकशिल नेपाली दलले आफ्नो नयाँ  केन्द्रिय कार्यसमिती गठन गरेको छ । काठमाण्डौमा भएको विवेकशील नेपाली दलको प्रथम राष्ट्रिय महाधिवेसन-२०७२ ले उज्वल थापाको नेतृत्वमा नयाँ कार्य समिती आगामी ५ बर्षका लागी गठन गरेको हो । समितीमा व्यवस्थापिका समिति प्रमुख गोविन्द नारायण तिमिल्सिना , कार्यपालिका समिति प्रमुख पुकार बम , व्यवस्थापिका समिति सदस्य मिलन पाण्डे ,साधना राई , ज्ञानेन्द्र निरौला, रमेश पौड्याल त्यसै गरी कार्यपालिका समिति सदस्यहरु मा रन्जु (दर्शना) न्यौपाने, अविरल कार्की , पवन गौतम , सुपेन्द्र ताम्राकार चयन भएका छन भने न्यायपालिका समिति सदस्यहरुमा धिरेन्द्र कुमार शाह , खेम श्रेष्ठ , जीवन श्रेष्ठ , सुबुना बस्नेत चयन भएका छन ।  बिबेकशिल नेपाली दल नेपालमा नयाँ शक्तीको रुपमा उदाउने क्रममा रही आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्