बलाहाबाट आइतबार दिउँसो ७० हजार लुटियो

<span class='c1'>बलाहाबाट आइतबार दिउँसो</span> <span class='c2'>७० हजार लुटियो</span>

विराटनगर १४ मसिर ।

सुनसरी जिल्लाको ईनरुवा नगरपालिका १० स्थित बलाहाबाट आइतबार दिउँसो ७० हजार लुटिएको छ। ईनरुवास्थित फरवार्ड कम्यूनिटि वित्तिय संस्थामा कार्यरत सविता चौधरीको साथबाट नगद ७० हजार र एक थान मोवाइल लुटिएको हो। औराबनी गाविसबाट किस्ता संकलन गरी शाखा कार्यालयतर्फ फर्कदै गरेका उनलाई नम्बर नखुलेको मोटरसाइकलमा आएका अपरिचित दुई जनाको समुहले टाउकोमा हिर्काई उनको साथबाट नगद ७० हजार र एक थान सामसुङ मोवाईल लुटि फरार भएका हुन्। लुटेराहरुको कुटाईबाट घाइते भएकी चौधरीको ईनरुवा अस्पतालमा उपचार भइरहेको छ। घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिगई घटना सम्बन्धमा अनुसन्धान तथा लुटेराहरुको खोजतलाश भइरहेको पुर्व क्षेत्रिय प्रहरी कार्यलय रानी विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्