नेपाल–भारत सीमा सुरक्षा बैठक विराटनगरमा सुरु

<span class='c1'>नेपाल–भारत सीमा सुरक्षा</span> <span class='c2'>बैठक विराटनगरमा सुरु</span>

विरमटनगर १४ मंसिर ।
नेपाल–भारत सीमा सुरक्षा बैठक आज विराटनगरमा सुरु भएको छ । आज दुबै देशका सुरक्षा अधिकारीसमेतको सहभागितामा बैठक सुरु भएको हो । दशगजामा भइआएको अतिक्रमण हटाउने विषयमा बैठकमा छलफल हुने बताइएको छ । बैठकमा नेपालका तर्फबाट मोरङ, सुनसरी र झापाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख तथा सशस्त्र प्रहरीका सीमा सुरक्षा कार्यालयका प्रमुखहरु सहभागी छन् । त्यस्तै भारतका तर्फबाट अररिया, किसानगन्ज र सुपौलका जिल्ला प्रमुख र सुरक्षा अधिकारीहरुको उपस्थिति छ । बैठकमा दुबै देशका नापी विभागका प्रतिनिधिहरुको समेत सहभागी रहेको मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले बताउनुभयो । बैठकमा सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण र अतिक्रमण भएको दशगजा क्षेत्र खाली गराउने बारेमा छलफल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्