आन्दोलन अनुशासित बनाईने : यादव

<span class='c1'>आन्दोलन अनुशासित बनाईने</span> <span class='c2'>: यादव</span>

सुमन तिमल्सिना
विराटनगर, मंसिर १४
संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले अवको आन्दोलनलाई आनुशासित बनाईने बताउनु भएको छ । आज विराटनगरमा कार्यकर्ता प्रशिक्षण पछि पत्रकारसँग कुरा गर्दै आन्दोलनलाई व्यवस्थित, मर्यादित र अनुशासित बनाएर लैजाने बताउनु भएको हो ।
सरकार वार्तामा गम्भीर नभएको आरोप लगाउनु भएका अध्यक्ष यादवले मधेसी मोर्चा सहितको गठबन्धनले आन्दोलनका बारेमा थप गृहकार्य गरी निर्णय गर्ने जानकारी दिनु भयो । उहाँले आधिकारिक धारणा विना सरकारले बार्ता आव्हान गरेर झुक्याउने काम गरिरहेको आरोप लगाउनु भयो ।
लामो समयदेखि मधेसमा जारी आन्दोलनलाई सम्बोधन गर्ने भन्दापनि सरकार आन्दोलनलाई पाखा लगाउने पक्षमा रहेको उहाँको आरोप छ । अध्यक्ष यादवले आफूहरुको आन्दोलनको प्राथमिकता नाकामा अवरोध, सरकारलाई असहयोग र यातायात बन्द गराउने नै रहेको बताउनु भयो । आन्दोलनले सबै कुराको अभाव भएको भन्दै तस्करीलाई बढवा दिएर सरकारले अधिकार प्राप्तिका लागि आन्दोलित जनतामाथि गोली बर्साउने काम गरिरहेको टिप्पणी गर्नुभयो ।
पत्रकार सम्मेलन अघि मोरङका कार्यकर्तालाई आन्दोलन बारेमा प्रशिक्षण दिईएको थियो । आन्दोलनलाई कुन दिसामा लग्ने भन्ने बारेमा फोरम नेपाल अध्यक्ष यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई मधेस सद्भावना पार्टीका नेता महेन्द्र राय यादव लगायत मोर्चा आवद्ध मधेस केन्द्रीत दलका केन्द्रीय नेता तथा झापा, मोरङ र सुनसरीका जिल्ला नेताहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्