स्कर्टिङमा रहेको दुई बस एक आपसमा ठोक्किए

<span class='c1'>स्कर्टिङमा रहेको दुई बस</span> <span class='c2'>एक आपसमा ठोक्किए</span>

बिराटनगर मंसिर १५

पुर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा आज बिहान प्रहरीको सुरक्षा घेरा (स्कर्टिङ)मा रहेको दुई बस एक आपसमा ठोक्किँदा करिब एक दर्जन यात्रु घाइते भएका छन् । सप्तरीको भारदहमा यात्रु ओराल्ने क्रममा रोकी राखेको ना५ख ४०४० नम्बरको बसमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना५ख १६७७ नम्बरको बस पछाडिबाट ठोक्किँदा सो बसमा सवार एक दर्जन यात्रु घाइते भएको प्रहरीले जनाएको छ । समान्य घाइतेको सुनसरीको इटहरीस्थित सामुदायिक अस्पताल र गम्भीर घाइतेलाई तीन जनाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्