विराटनगरमा पनि २८ औं विश्व एड्स दिवस मनाईयो: एचआइभीलाई शुन्यमा झार्न आफ्नो ठाउबाट पहल गर्न आग्रह

<span class='c1'>विराटनगरमा पनि २८ औं विश्व एड्स दिवस मनाईयो:</span> <span class='c2'>एचआइभीलाई शुन्यमा झार्न आफ्नो ठाउबाट पहल गर्न आग्रह</span>

 

विराटनगर १५ मंसिर

विभिन्न एचआईभी एड्स सम्बद्ध संजालले एचआइभीलाई शुन्यमा झारौ भन्ने नारा सहित आज विराटनगरमा पनि २८ औ विश्व एड्स दिवश मनाइएको छ ।

विश्व एड्स दिवशको अबसरमा विराटनगरका विभिन्न बालबालिकाहरुलाई कपडा वितरण तथा स्वास्थ्य परिक्षण गरीएको छ । सुधार केन्द्र स्पर्श नेपालले आज विराटनगरमा एचआइभीबाट सङक्रमित २० जना वालवालिकाहरुलाई कपडा वितरण गरेको छ ।

स्पर्श नेपालले समाजसेवी गुरुमा मोहन मन्जरीको सहयोगमा उनिहरुलाई पोषाक प्रदान गरीएको हो । स्पर्श नेपालले समाजसेवी मन्जरीलाई प्रससा पत्रले सम्मान गरेको छ । कपडा वितरणपछि समाजसेवी मन्जरी, जिल्ला विकास समिति मोरङ एड्स शाखाका अधिकृत झमक भट्टराई, स्पर्श नेपालका प्रमुख संजिव खड्का, प्रेस युनियन मोरङ्गका अध्यक्ष मिन कुमार श्रेष्ठ लगायतले कसैको सानो सहयोगले पनि एचआइभी रोकथाम गर्नमा मद्धत मिल्ने भएकोले सबैले एचआइभीलाई शुन्यमा झार्न आफ्नो ठाउबाट पहल गर्न आग्रह गर्नुभयो । सो अबसरमा लागुऔषध प्रयोगकर्ता तथा अन्य लत छुटाउन सुधार गृहमा बसेका दश जनाको स्वास्थ्य परिक्षण समेत गरीएको सस्था अध्यक्ष संविव खड्काले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्