अपांगता भएका परिवारलाई सहयोग

<span class='c1'>अपांगता भएका</span> <span class='c2'>परिवारलाई सहयोग</span>

इटहरा, १६ मंसिर ।
२४ औ अन्र्तराष्ट्रिय अपांगता दिवसको पूर्वसन्ध्यामा मोरङको इटहरामा रहेका एकै घरका पाँच अपांग परिवारलाई आज सहयोग हस्तान्तरण गरिएकोे छ । खबर पूर्वाञ्चल डटकमको पहलमा संकलित सहयोग आज इटहरा ७ स्थित तुलशीराम ढुंगानाको घरमै पुगेर एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो । देश तथा विदेशबाट संकलित १५ हजार रुपैया र ५ थान ब्ल्याङकेट कार्यक्रमका प्रमुख अतिथी नेकपा एमाले केन्द्रिय लेखा आयोग सदस्य मालती सुब्बा र डटकमका संयोजक सुमन घिमिरेले संयुक्त रुपमा प्रदान गर्नु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी सुब्बाले अपांग परिवारलाई गरिएको सहयोगको सरहना गर्दै दुखी र पिडित परिवारलाई सबै मिलेर सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । सहयोग बुझ्दै तुलशीराम ढुंगानाले सहयोग गर्नेहरुप्रति आभार ब्यक्त गर्नुभयो । कार्यक्रममा अग्रज पत्रकार जगन्नाथ भट्टराई, प्रेस चौतारी मोरङका पूर्व उपाध्यक्ष मिलन के राउत, सञ्चार क्लब नेपालका महासचिव नवराज भट्टराई, पत्रकार गोबिन्द पोख्रेल लगायतको उपस्थिति रहेको थियो । खबर पूर्वाञ्चलको पहलमा यसअघि पनि सो दुखी परिवारलाई इजरायलबाट संकलित एक लाख बढी रकम हस्तान्तरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्