त्रिभुवन विश्वविद्यालयको एकचालिसौ दीक्षान्त समारोह सम्पन्न

त्रिभुवन विश्वविद्यालयको एकचालिसौ दीक्षान्त समारोह  सम्पन्न

बिराटनगर मंसिर १७

राष्ट्रपति विद्यादेवी भण्डारीले दक्ष युवा जनशक्ति विदेश पलायन भइरहेकोप्रति दुख व्यक्त गर्नुभएको छ । विश्व विद्यालयहरुले दिने शिक्षा युवाहरुलाई स्वदेशमै बसेर रोजगारी गर्न सहयोगी बन्नुपर्नेमा उहाँको जोड छ । वुधवार त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा आयोजित त्रिभुवन विश्वविद्यालयको एकचालिसौ दीक्षान्त समारोहलाई संवोधन गर्दै राष्ट्रपति भण्डारीले कुनै पनि राष्ट्रको समृद्धिका लागि त्यस देशका जनतामा नीहित जान, सीप र प्रविधिको भुमिका महत्वपूर्ण हुने भन्ने तथ्य जपान,दक्षिण कोरिया जस्ता देशहरुको विकासको अनुभववाट प्रष्ट भइसकेको वताउनुभयो । देश विकासको लागि नेपालका थरी थरीका जातीय, धार्मिक क्षेत्रीय लगायतका समुदायहरुवीच आपसी सदभाव र सहकार्य आवश्यक रहेको उहाँको कथन थियो । त्रिवि कुलपति एंवम प्रधानमन्त्री के.पी. शर्मा ओलीले शिक्षित विद्यार्थीहरुले पढ्न लेख्न मात्रै जान्ने अरु केही पनि नजान्ने विडम्बनापूर्ण स्थिति रहेको बताउँनुभयो । त्यसैले अव सीपयुक्त जनशक्ति तयार गर्नु त्रिविको चुनौती र जिम्मेवारी भएको प्रधानमन्त्री ओलीको कथन थियो ।
सहकुलपति एवंम शिक्षामन्त्री गिरिराजमणि पोखरेले नेपालको शिक्षा परीक्षामुखी मात्र बन्दे गएकोप्रति दुःख व्यक्त गर्नुभयो । यस्तो प्रवृत्तिले इमान्दार शिक्षक र प्रतिभावान विद्यार्थीहरुको अपमान र अवमूल्यन भएको समेत मन्त्री पोखरेलले स्वीकार्नुभयो ।
यसपटकको त्रिवि दीक्षान्त समारोहमा त्रिविका अध्ययन संस्थान एंवम विभिन्न संकाय अन्र्तगतका अगिंक र सम्बन्धन प्राप्त क्याम्पसहरुका एकसठी हजार सात सय सोह्र जना विद्यार्थी योग्य भएकोमा सातहजार तीनसय वयालीस जना सहभागी भएका थिए । उनीहरुलाई त्रिवि कुलपति समेत रहनुभएका प्रधानमन्त्री के.पी शर्मा ओलीले दीक्षित गनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्