इस्लिङटन कलेजको चौथो दिक्षान्त समोरोह सम्पन्न

इस्लिङटन कलेजको चौथो दिक्षान्त समोरोह सम्पन्न

बिराटनगर मंसिर १७

बेलायतको लण्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त इस्लिङटन कलेजको चौथो दिक्षान्त समोरोहमा २ सय ५० विद्यार्थी दीक्षित भएका छन् ।
विश्वविद्यालयका एशोसियट डिन डा. भिन्स हागी र पि्रन्सिपल लेक्चरल डा. वेंडी ब्लोइसीले दिक्षित विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरेका थिए ।
कलेजका अध्यक्ष एवं कार्यकारी निर्देशक सुलभ बुढाथोकीले स्वदेशमै बसेर सस्तोमा बेलायतको उच्च र्‍याङकिङमा रहेको विश्वविद्यालयको प्रमाणपत्र लिन पाउनु विद्यार्थीको लागि गौरब भएको बताए ।

दिक्षित विद्यार्थीले नेपाल र विश्वका विभिन्न मुलुकमा उत्कृष्ठ विश्वविद्यालयका विद्यार्थीसंग प्रतिष्पर्धा गर्न सक्षम रहेको उनले बताए । कलेजले बिआइटी, बिबिए, कार्यक्रम अन्तर्गत आइटी कम्प्युटिङ, नेटवर्किङ, र आइटी सेक्युरिटी र मल्टीमिडिया टेक्नोलोजी विषयमा अध्यापन गराउदै आएको छ । त्यस्तै  बिजनेस अन्तर्गत इन्टरनेशल बिजनेश, मार्केटिङ एण्ड फाइनान्स विषय संचालन गर्दै आइरहेको छ ।
दिक्षान्त समारोहमा विश्वविद्यालयका पि्रन्सिपल वेन्डीले नेपालको आइटी र व्यवस्थापन संकायमा गरेको योगदान महत्वपुर्ण रहेको बताए । विश्वविद्यालयको मुल्याङन अनुसार नेपालको इस्लिङटन विश्वविद्यालय उत्कृष्ठ तहमा रहेको उनले बताए ।

इस्लिङटन कलेजको इनोभेट नेपाल ग्रुप कै समुहमा बिराटनगरमा समेत बेलायतको विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेरील्याण्ड कलेजको स्थापना भएको छ र बिगत २ बर्षबाट बिराटनगरमा मेरिल्याण्ड कलेजले बेलायतको शिक्षा प्रदान गर्दै आएको छ ।

सभार : कान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्