जहरसिंहपौवामा जन्तीबस दुर्घटना हुँदा ३३ घाइते

जहरसिंहपौवामा जन्तीबस दुर्घटना हुँदा ३३ घाइते

 

जहरसिंहपौवा (काठमाडौँ), १७ मङ्सिर ।

सिन्धुपाल्चोक जिल्लाको बाहुनेपाटीबाट जन्ती लिएर काठमाडौँ आउँदै गरेको ना ४ ख ९२०१ नम्बरको यात्रुबस काठमाडौँको उत्तरपश्चिम जहरसिंहपौवामा आज बिहान दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय साँखुका प्रहरी निरीक्षक उमेश जोशीले राससलाई जानकारी दिनुभयो । घाइतेमध्ये १७ जनाको सुष्मा कोइराला मेमोरियल अस्पताल साँखु, १३ जनाको लाइफकेयर अस्पताल साँखु तथा तीनजना गम्भीर घाइतेको नेपाल मेडिकल कलेज जोरपाटीमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । ओरालोमा ब्रेक फेल भएर बस एकसय मिटर तल खसेको बताइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्