बिराटनगर मंसिर १८
जग्गाको विवाद हुँदा विराटनगर १८ जतुवाका एक परिवारमाथी कुटपिट भएको छ ।
विराटनगर–१८ जतुवास्थित विन्देश्वर यादवको परिवारमाथि कुटपिट भएको हो । जग्गामा विवाद हँुदा छिमिकी गणेश यादव, प्रकास यादव, राजेश यादव, विक्की यादव, सुबोध यादव मिलेर आफ्नो परिवार माथि कुटपिट गरेको पिडित अशोक यादवको भनाइ छ ।
सामान्य विवाद भएपनि आफुहरुले पटक पटक सम्झाउने प्रयास गरेको तर उनीहरुले आफुहरुलाई हेपेर दुःख दिने गरको पिडितहरुको गुनासो छ । स्थानिय सुबोध यादव र विक्की यादवले आफुहरुलाई मधेशी मोर्चाको आन्दोलनमा सहभागि हुन नगएकाले समेत कुटपिट गरेको पिडितको आरोप छ । घरायसी विवादमा अन्य छिमेकीसंग सामान्य विवाद भइरहेको अवस्थामा उनिहरुले आन्दोलनमा समेत सहभागि नभएको भन्दै आफुहरुलाई कुटपिट गरेको र अरुलाइ समेत कुटपिट गर्न उक्साएको पिडित रेणु यादवले गुनासो गर्नुभयो ।
पटक पटक राती घरमा आएर धम्काउने र घरमा ढुङ्गा हानेर दुःख दिने गरेको