सूचना अधिकारमा कार्य गर्ने अभियन्ताहरूकाे समुहद्वारा संचालित सूचना जागरण अभियानकाे पहिलाे साधारण सभा सम्पन्न भएकाे छ । विराटनगर १५ स्थित जनपथ वाचनालयमा संस्थाका संस्थापक अध्यक्ष केदार बहादुर बस्नेतकाे सभापतित्वमा भएकाे साधारण सभामा कवि तथा साहित्यकार सुमन पाेखरेलकाे प्रमुख अातिथ्यता रहेकाे थियाे । साधारण सदस्यहरूकाे भेला बिच भएकाे साधारण सभाले अागामी तिन वर्षे कार्यकालका लागि कार्यसमिति चयन समेत गरेकाे छ । संस्थाकाे अध्यक्षमा केदार बहादुर बस्नेत, उपाध्यक्ष निर्मल तामाङ, सचिव रूपेश काेइराला, सहसचिव मञ्जु देवि पाण्डेलगायत रहेका छन् ।