विराटनगर २० मंसिर ।
विराट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था मानगढ खानेपानी योजनाको ११ वार्षिक साधारणसभा विराटनगरमा आज सम्पन्न भएको छ । साधारणसभामा खानेपानी सुरक्षा योजनालाइ थप व्यवस्थितगर्न पानीको गुणस्तर सुनिश्चिततालाइ निरन्तरता दिने, खानेपानी योजनको क्षमता वृद्धिगर्न पाचथान डिप टुवेल थप जडानगर्ने, १८ किलोमिटर लाइन थप विस्तारगर्ने, जेनेटर र जेनेटरको घरको व्यवस्थागर्ने तथा वातावरण सरसफाइ कार्यक्रम संचालनगर्ने जनाइएको छ ।
कार्यक्रममा सस्थाका अध्यक्ष रामवहादुर घिमिरेले संस्थाको प्रगती प्रतिवेदन पेश गर्नु भएको थियो । कार्यक्रमको उद्घाटन गर्नुहुदै खानेपानी सरसफाइ राष्ट्रिय उपभोक्ता महासंघका अध्यक्ष राजेन्द अर्यालले उपभोक्तालाइ स्वच्छ एंव गुणस्तरयुक्त पानी वितरणका लागी संस्थाको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।