नेपालको जेठो उद्योग विराटनगर जुट मिल बचाउन नागरिकको दवाव

<span class='c1'>नेपालको जेठो उद्योग  विराटनगर</span> <span class='c2'>जुट मिल बचाउन नागरिकको दवाव</span>

प्रेम देवान
विराटनगर २१ मंसिर
विगत १६ महिनादेखी वन्द रहेको विराटनगर जुटमिल संचालन एंव संरक्षणको मागगदै सयुक्त सघर्ष नागरिक दवाव समितिले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । समितिले विराटनगर रानी स्थित जुटमिलमा आज पत्रकार सम्मेलनगरी मिल संचालनका लागी मिल संचालन समितिलाइ निवेदन दिइएकोमा समितिले त्यसको वेवास्ता गरेपछी वाध्य भएर आन्दोलको कार्यक्रम घोषणा गरेको जनाएको छ । brtjute
सयुक्त सघर्ष समितिका अध्यक्ष नानीकाजी श्रेष्ठले, मिल संचालक समितिले १५ दिन भित्र मिल संचालनगर्ने प्रतिवद्धता जनाए पनि मिल संचालन गर्ने भन्दापनी भौतिक संरचना विक्रि गर्ने तर्फ ध्यान केन्द्रित रहेको बताउनुभयो । पत्रकार सम्मेलनमा अध्यक्ष श्रष्ठले भन्नुभयो –मिलको कराडौ मूल्यपर्ने भौतिक चल अचल सम्पति विक्रि गरेर संचालक समितिले ५ लाखको मात्र समान विक्रि गरेको देखाएको छ । सर्घष समितिले मिल बचाउन कै लागी र मिल संचालनका गर्न आफुहरुले आन्दोलनको घोषणा गरेको सघर्ष समितिका सचिव ज्ञान बहादुर राईले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
यसैविच समितीले मंसिर २४ गते मिल संचालन समितिको कार्यालयमा दुइ घन्टा धर्नामा वस्ने, यसैगरी २५ गते चार घन्टा, मंसिर २७ गते ६ घन्टा धर्ना दिने र त्यसो गर्दा पनि समस्या समाधान नभए मंसिर २८ गते देखी वन्द रहेको विराटनगर जुटमिलको समस्या समाधान नभएसम्म संचालक समितिलाइ कार्यालय प्रवेशमा निषेध गर्ने चेतावनी दिएका छन् ।े ।
००००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्