मधेश यात्रामा हिडेका युवा विराटनगरमा अाइ पुगे

<span class='c1'>मधेश यात्रामा हिडेका युवा</span> <span class='c2'>विराटनगरमा अाइ पुगे</span>

विगत ३३ दिन देखि मेची महाकाली पैदल यात्रामा हिडेका युवा इशान र लोचन आचार्य आज विराटनगर आइपुगेका छन् ।
तराइमा जारी मधेश आन्दोलन र यहाका समस्याको विषयमा जानकारी लिने उद्देश्यले हिडेका युवाहरुले आज विराटनगरस्थित रिचमण्ड फेलोसिपमा विराटनगरका युवाहरुसंग आफ्नो अनुभव साटेका छन् । यात्राका क्रममा आफुले भोेगेका अनुभव साट्दै उनिहरुले तराइमा देखिएको समस्याका विषय सबै युवाहरुले मिलेर समाधान गर्नुपर्ने उनिहरुले बताए । दश हजार रुपैया हातमा लिएर हिडेको आफुहरुले तराइको कुनैपनि ठाउँमा पहाडे भएकै कारणले अपमान सहनुनपरेको बताए । तराइको भित्री भागका मधेशी जनतामा चेतनाको अभाव रहेको भन्दै उनिहरुले यसतर्फ राज्यले ध्यान दिनुपर्ने बताए । तराइ र पहाडका नागरिक बि चबनेको खाडललाइ अबका युवाहरुले एकजुट भएर पुर्नुपर्नेमा उनिहरुको जोड छ । महाकालीबाट यात्रा सुरु गरेका उनिहरु अब रंगेली हुदै पूर्वका विभिन्न भाग घुम्दै मेची अञ्चल सम्म पुग्ने योजना छ । साेहि कार्यक्रममा विराटनगकार रिक्सा मजदुर माेहम्मद हबिबलाइ इरिक्सा सहयाेग गर्न अाएका लेखक ब्रजेश खनालले समेत अाफ्नाे अनुभव साटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्