पैगम्बरलाई अपमान गरेको भन्दै जुलुस

<span class='c1'>पैगम्बरलाई अपमान गरेको</span> <span class='c2'>भन्दै जुलुस</span>

अखिल हिन्दु महासभाका अध्यक्ष कमलेस तिवारीले इस्लाम धर्मगुरु मोहम्मद पैगम्बरलाई अपमान गरेको भन्दै मुस्लीम समुदायले आज विराटनगरमा विरोध र्याली निकालेका छन् ।

विराटनगरको गुद्रीबाट निस्केको र्यालीले जलजला चौक, डिएस्पीरोड, गोल्छा चौक हुदै सिडियो कार्यालयमा पुगेर कोणसभामा परिणत भएको थियो । ¥यालीमा सहभागीहरुले अखिल हिन्दु महासभाका अध्यक्ष तिवारी विरुद्ध नाराबाजी लगाएका थिए ।

नारा जुलुस सहित जिल्ला प्रशासन कार्यलय मोरङ अगाडि पुगेको सो समुदायले जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीमार्फत परराष्ट्रमन्त्री कमल थापालाई ज्ञापनपत्र बुझाएका हुन । यस्तै कोणसभामा बोल्दै मुस्लीम धर्मगुरुहरुले आफना धर्मगुरुको अपमान गरेको आरोप लगाउदै त्यस्तो कार्य निन्दनीय भएको बताए । कार्यक्रममा मोहमद मुस्लीम मियाँ, सलीम अन्सारी, अहमद जफर जमाली लगायतले आफना धर्मगुरुप्रति अपशब्द प्रयोगगर्नेलाई कार्वाही हुनुपर्ने माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्