आन्दोलनमा घाइते प्रहरीहरुकालागी कार्यक्षेत्रमै स्वास्थ्य शिविर संचालन

<span class='c1'>आन्दोलनमा घाइते प्रहरीहरुकालागी कार्यक्षेत्रमै</span> <span class='c2'>स्वास्थ्य शिविर संचालन</span>

बिराटनगर, मंसिर २१

प्रहरी प्रधान कार्यालयले मधेस आन्दोलन प्रभावित जिल्लाहरुमा आन्दोलनका क्रममा घाइते प्रहरीहरुको उपचारकालागी कार्यक्षेत्रमै स्वास्थ्य शिविर संचालन गरेको छ।

शिविरमा नेपाल प्रहरी अस्पताल महाराजगन्जका प्रहरी नायव उपरीक्षक डा. दामोदर पौडेलको नेतृत्वमा चार सदस्यीय स्वास्थ्यकर्मीहरुको टोली खटिएका छन्।

टोलीले आईतबार र सोमबार दुई दिनमा सप्तरीको राजविराज, भारदह, रुपनी, कंचनपुर, कल्याणपुर, सिरहाको लहान, धनगढी, गोलबजारलगायत बिभिन्न प्रहरी ईकाईहरुमा गई शिविर खडा गरी स्वास्थ्य सेवा प्रदान गरेको छ।

शिविरमा आन्दोलनमा सामान्य चोट पटक लागेका प्रहरी कर्मचारीहरुलाई उपचार गर्नुका साथै त्यहाँ कार्यरत प्रहरी कर्मचारीहरुको स्वास्थ्य परिक्षण तथा औषधी समेत बितरण गरिएको टोलीका प्रमुख डा. दामोदर पौडलले जानकारी गराउनुभयो।

वहाँले लामो समयको मधेस आन्दोलनमा खटिएका प्रहरी कर्मचारीहरुले आफ्नो खानपिन र सरसफाईमा समेत ध्यान दिन नसक्दा अधिकाँसमा रुघा, खोकी, ज्वरो तथा बिभिन्न खालको छाला सम्बन्धि संक्रमण देखीएकोले सरसफाई तथा खानपानमा ध्यान दिन समेत सुझाएको बताउनुभयो।

आन्दोलनका क्रममा घाइते भएका प्रहरीहरुको स्वास्थ्य अवस्था बुझ्न तथा तराईमा चिसो बढेसंगै आन्दोलनमा खटिएका प्रहरी कर्मचारीहरुमा बिरामीको संख्या बढेकोले त्यस्ता प्रहरी कर्मचारीहरुलाई स्वास्थ सेवा उपलब्ध गराउन क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरको समन्वय र प्रहरी प्रधान कार्यालयको निर्देशनमा सप्ताहव्यापी शिविर संचालन गरिएको हो।

टोलीले आगामी शुक्रबारसम्म सप्तरी, सिरहा र सुनसरीका बिभिन्न प्रहरी ईकाईहरुमा कार्यरत प्रहरीहरुलाई कार्य स्थलमै गई स्वास्थ्य सेवा दिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्