भारतीय सीमा सुरक्षा बल एसएसबीले ५२ जना नेपालीलाई नियन्त्रणमा लियो

<span class='c1'>भारतीय सीमा सुरक्षा बल एसएसबीले</span> <span class='c2'>५२ जना नेपालीलाई नियन्त्रणमा लियो</span>

 बिराटनगर मंसिर २२

भारतको बीरपुरमा भारतीय सीमा सुरक्षा बल एसएसबीले ५२ जना नेपालीलाई नियन्त्रणमा लिएको छ । सुनसरीको भन्टाबारी हुँदै कामको लागि भारतको पटना हिँडेका ५२ जना नेपालीलाई मंगलबार विहान भारतको सुपौल जिल्लास्थित वीरपुरबाट एसएसबीले नियन्त्रणमा लिएको हो । उनीहरु उदयपुर, सप्तरी र रामेछाप जिल्लाका छन् । उक्त जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट डिएसपीको नेतृत्वमा प्रहरी टोली बीरपुर पुगेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले भने एसएसबीले पक्राउ नगरेको दाबी गरे । उनले ठूलो संख्यामा नेपालीहरु हिँडिरहेको देखेर सोधपुछका लागि एसएसबीले रोकेर नेपाल प्रहरीलाई खबर गरेको उनले जानकारी दिए । ‘महिलाहरु समेत रहेको ठूलो समूहलाई देखेर शंका लागेर एसएसबीले रोकेको मात्रै हो,’ प्रमुख जिल्ला अधिकारी पन्थले अनलाइनखबरसँग भने, ‘बेचबिखनका लागि लैजाँदै गरेको हो कि भनेर एसएसबीले शंका गरेर नेपाल प्रहरीलाई खबर गरेको थियो ।’ उक्त समूहमा ३३ जना पुरुष र १९ जना महिला रहेको सुनसरीका प्रहरी प्रमुख एसपी सञ्जयराज शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्