बिराटनगर मंसिर २३
बरिष्ठ समाजसेवी सुशीला चापागाईंको मंगलबार स्थानीय परोपकार घाटमा अन्त्येष्टि गरिएको छ । चापागाईंको श्वासप्रश्वास र निमोनियाको कारण सोमबार ८१ बर्षको उमेरमा निधन भएको थियो । समाजसेवी चापागाईंको शवयात्रामा सयौं बिराटनगरबासी सहभागी भई अन्तिम श्रद्धाञ्जली दिएका थिए ।