बिराटनगर मंसिर २३ , बिराटनगर स्थित नोबेल अस्पतालको प्राबिधिक सहयोगमा लेटाङ मोरङमा एक दिने नि शुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । महिला तथा बालबालिका कार्यलय मोरङको आयोजनामा लेटाङ भोगटेनी नगरपालिकामा आज सो शिबिर संचालन गरिएको नोबेल अस्पताल का प्रबन्धक नारायण प्रसाद दाहालले जानकारी दिनु भयो । उक्त शिबिरमा ८५० भन्दा बढीले आफ्नो स्वास्थ्य जाच गराएको दाहालले जानकारी दिनु भयो ।