सभासद शेखर कोईरालाबाट एक लाख सहयोग प्रदान

<span class='c1'>सभासद शेखर कोईरालाबाट एक</span> <span class='c2'>लाख सहयोग प्रदान</span>

प्रेम देवान
विराटनगर २३ मंसिर ।
नेपाली काग्रेसका सासद डां शेखर कोईरालाले नेपालको आन्तरिक दुई छिमेकी मुलुक संग हात जोडेर हैन संसद भवन भित्रै हल गरेर मुलुकको निकासा गर्न सकिने बताउनुभएको छ । लायन्स क्लब अफ विराटनगर ग्रिनसीटीको आज विराटनगरमा भएको पदस्थापना कार्यक्रममा पदाधिकारीहरुलाई शुभकामना दिदै उहांले सो कुरा बताउनुभएको हो । कार्यक्रममा डा. कोईरालाले पछिल्लो समय मधेशी मार्चाका शिर्ष नेताहरु नेपालको समस्या सुल्झाउन भारत भ्रमणमा जानु कुनै तुक नभएको उल्लेख गर्नुभयो ।
नेपालमा धेरै जात जाति , धर्म सस्कृती भएका कारण राष्ट्रको निम्ती एउटै सोच,एउटै विचार ,भावना भयो भने मात्रै राष्ट्रियता मजदुत हुने बताउनुभयो । साथै उहांले दुई ठुला छिमेकी मुलुकले नेपाल प्रति आ आफ्नै स्वार्थ हेरिरहेको बताउनुभयो। कोईरालले भन्नुभयो भारतले नदीको पानी त चिनले तिब्बतलाई आफ्नो कब्जामा राख्न खोजेको छ । जति सक्दो आफ्नो घर भित्रको समस्या घर भित्रै समाधान गर्नुपर्ने बताउनुभयो । डा. कोईरालाले विराटनगरलाई हरीयाली र हराबरा बनाउनको लागी आफ्नो ससदकोष बाट लायन्स क्लब अफ विराटनगर सिटीलाई एक लाख सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्