बिराटनगर मंसिर २४,
बिराटनगर स्थित कोशी अञ्चल अस्पतालमा डाक्टरहरूले आफ्नो ड्युटीमा समेत अस्पतालमा नबस्ने गरेको पाईएको छ । उपभोक्ताबादी सस्था पब्लिक फोरमले गरेको अनुगमनका क्रममा अस्पतालमा डाक्टर नबस्दा सघन उपचारकालागि आएका बिमारीलाई अन्य अस्पतालमा रिफर गरिदै आएको खुलासा भएको हो । यसका साथै अस्पतालमा बिमारीका सहायताका लागि सुचना टासिनु पर्ने भएपनि नटासिएको कारण बिरामी र आफन्तले भौतारिनु परेको अबस्था रहेको पाईएको थियो । अस्पतालमा फोहर व्यवस्थापन गर्न पब्लिक फोरमले अनुरोध गरेको छ ।