लियो सप्ताव्यापी कार्यक्रम अन्र्तगत लियो ईनोभेटिभद्धारा रत्तदान

<span class='c1'>लियो सप्ताव्यापी कार्यक्रम अन्र्तगत</span> <span class='c2'>लियो ईनोभेटिभद्धारा रत्तदान</span>

प्रेम देवान
विराटनगर २७ मंसिर ।
लियो क्लव आफ विराटनगर ईनोभेटिभले लियो सप्ताव्यापी कार्यक्रम अन्र्तगत पहिलो दिन रक्तदान कार्यक्रम गरेर सुरुवात गरेको छ । लियो क्लव अफ विराटनगर ईनोभेटिभले रत्तदान जिवनदान भन्ने नाराको साथ विराटनगर लाईफ गार्ड हस्पीटलमा आज रक्तदान कार्यक्रम गरेको जानएको छ । उक्त रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेको लियो क्लव अफ विराटनगर ईनोभेटिभका अध्यक्ष सुनिरा चौधरीले जानकारी दिनुभयो । रक्तदान कार्यक्रममा हस्पीटका डा. दिपेन बारुवा, डाक्टर, स्टाफ नर्स लगायत क्लवका पधादीकारीले समेत रक्तदान गरेको अध्यक्ष चौधरीले जानकारी दिनुभयो । कार्यक्रममा लायन्स क्लवका ईमिडेट पास्ट डिस्ट्रिक गर्भनर लायन भिम घिमिरे, लियो क्लवका अध्यक्ष एडभाईजर चान्द ईराकी, एरीया वानका कोअडिनेटर लियो विसाखा झा लगायत क्लवका पदाधिकारीको उपस्थीत रहेका थिए । साथै क्लवले साता भरी विभिन्न समाजिक कार्यक्रम गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्