तराइमा जनजीवन सामान्य बन्दै

<span class='c1'>तराइमा जनजीवन</span> <span class='c2'>सामान्य बन्दै</span>

बिराटनगर मंसिर २८

लामो समयदेखि जारी संयुुक्त लोकतान्त्रिक मधेसी मोर्चाको हड्ताल बिस्तारै खुुकुुलो हुँदै गएपछि जनजीवन सामान्य बन्दै गएको छ । लहान, मिर्चैया, गोलबजारलगायत बजार आजदेखि पूूर्ण रुपमा खुुलेको छ । शैक्षिक संस्था बिहानको समयमा सञ्चालनमा आउन दिने भनी मोर्चाले निर्णय गरेपछि बिस्तारै बजार पनि खुुलेको हो । बजार खुुलेपछि बिस्तारै जनजीवन सामान्य बनेको गोलबजारका व्यापारी महेश साह बताउनुहुन्छ । मधेसी मोर्चाको हड्तालका कारण साढे तीन महिनादेखि पूूर्ण रुपमा ठप्प रहेका सरकारी कार्यालय र बैंक तथा वित्तिय संस्था समेत सञ्चालनमा आएका छन् । लहानमा दुुई दिन अगाडि खाना पकाउने ग्यास र शनिबार पेट्रोल समेत वितरण गरिएपछि धेरै राहत भएको सर्वसाधारणको भनाइ छ । बजार खुुलेपछि बिस्तारै सर्वसाधारणको चहलपहल बढ्न थालेको छ । जाडो बढेसँगै कपडा पसलमा बाक्लो कपडाको बिक्री ह्वात्तै बढेको छ । दिनमा सवारी साधन नचलेपछि राति ढुुवानी गर्नुुपर्दा बजारमा दैनिक उपभोग्य वस्तुु भने महँगोमा खरिद गर्न उपभोक्ता बाध्य छन् ।

एउटा आन्दोलन सेलाउन नपाउदै अर्को आन्दोलन शुरु हुने यो परिपार्टीलेदेशको अर्थतन्त्र नै धरापमा पर्न थालेको छ भने काम गरेर खाने मजदुर, व्यापारी, व्यवसायीहरु समेत आजित हुन थालेका छन् । यसै बिच संघीय लिम्बुवान पार्टी पक्षधरले आजदेखी पूर्वाञ्चल क्षेत्रमा गरेको अनिश्चितकालीन चक्काजामले जनजीवन प्रभावीत बनेको छ भने उद्योग कलकारखानाहरू ठप्प हुदा शयौ मज्दुरहरू बिचल्लीमा परेका छन । गन्तव्यमा हिडेका यात्रुहरु बन्दकर्ताले गरेको बन्दका कारण बाटैमा अलपत्र परेका छन । नाकाबन्दीका कारण तेल अभावमा सवारी साधन सहज रुपमा चलाउन नसकेको अवस्थामा आफ्नो स्वार्थको लागि बन्द गरेर मजदुरहरुको रोजीरोटी गुमेको यातायात ब्यवसायीहरू बताउछन । मजदुरहरुले आन्दोलनकर्ताको मागलाई पूरा गर्न सरकारलाई आग्रह गरेका छन् भने बन्दको विकल्प खोज्न बन्दकर्ताहरुलाई आग्रह गरेका छन् । यता बन्दकर्ताहरुले भने विगतमा भएका निर्णयलाई नै सरकारी पक्षले उल्टाउने काम गरेकोले बन्दको घोषणा गर्न बाध्य हुनुपरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्