स्वर्ण महोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर

<span class='c1'>स्वर्ण महोत्सवको अवसरमा</span> <span class='c2'>निःशुल्क स्वास्थ्य शिविर</span>

बिराटनगर, मंसिर २७ गते ।

पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र रानी बिराटनगरले आफ्नो स्वर्ण महोत्सवको अवसर पारेर  एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ।

शिविरको सोही केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रमान श्रेष्ठले आज बिहान तालिम केन्द्रमा आयोजित एक कार्यक्रमका विच समुद्घाटन गर्नु भएको थियो।

स्वास्थ्य शिविरमा पूर्व क्षेत्रीय प्रहरी कार्यालय बिराटनगर, क्षेत्रीय तालिम केन्द्र, क्षेत्रीय प्रहरी गणमा कार्यरत प्रहरी कर्मचारी, प्रहरी परिवार, प्रशिक्षार्थी तथा सर्वसाधारणसमेत २९८ जनाले स्वास्थ्य परामर्श लिएका छन्।

बिराटनगरस्थित नोबेल मेडिकल कलेज एण्ड रिसर्च सेन्टर प्रा.लि. को प्राविधिक सहयोगमा आयोजना गरिएको उक्त शिविरमा बिभिन्न रोग सम्बन्धि बिशेषज्ञ डाक्टरहरुद्वारा स्वास्थ्य परामर्श दिनुकासाथै निःशुल्क ECG, ECHO र USG परिक्षण समेत गरिएको थियो।

शिविरमा जेनेरल मेडिसन, मुटु तथा मानसिक रोग, प्रसुती तथा स्त्री सेवा, बाल रोग, सल्यक्रिया, हाड जोर्नी तथा नशा रोग, छाला तथा यौन रोग, नाक, कान घाँटी रोग, आँखा परिक्षण तथा दन्त रोग सम्बन्धि सेवाहरु दिइएको केन्द्रका सुचना समन्वय अधिकृत प्रहरी निरीक्षक रवि बिष्टले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्