सुनसरीमा भारतीय नकावधारी लुटेरा कुटिए

सुनसरीमा भारतीय नकावधारी लुटेरा कुटिए

बिराटनगर मंसिर २८

सुनसरीको दक्षिणवर्ती क्षेत्र बसन्तपुरबाट स्थानीय र प्रहरीले मध्यरातमा लुटनका लागि गाउ प्रवेश गरेका भारतीय नकावधारी लुटेराको समुहलाई धुलो पिठो बनाई लखेटेका छन । दक्षिणी क्षेत्रमा चौपाया चोरीका लागि हतियार सहित गाउ प्रवेश गरेका लुटेराहरु र सो क्षेत्रका स्थानीयवासीहरु बिच आधाघण्टा बढी भएको भिडन्त पश्चात भारतीय लुटेराहरु फरार भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । स्थानीयसंग लडाई पर्दापर्दै पुगेको प्रहरीटोलीलाई देखेर लुटेराहरुको समुहले दुई राउण्ड हवाई फायर गरेको र जवाफमा प्रहरीले पनि फायरीङ खोलेपछि उनिहरु फरार भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी सञ्ज्यराज शर्माले जानकारी दिनुभयो । दक्षिणवर्ती क्षेत्रबाट भागेका हतियारधारी लुटेराहरु भातीयहरु हुन सक्ने प्रहरीले अनुमान लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्