विराटनगर क्षेत्रलाई हरियाली शहर बनाइने

विराटनगर क्षेत्रलाई हरियाली शहर बनाइने

बिराटनगर मंसिर २८

विराटनगर क्षेत्रलाई हरियाली शहरका रुपमा विकास गर्न ५० हजार विरुवा रोपिने भएको छ । हरीयाली नगरका रुपमा स्थापना गर्न वन मन्त्रालय र विराटनगर उपमहानगरपालिका बीच सोमबार पहिलो चरणमा ५० हजार विरुवा रोप्ने सहमति भएको छ । विराटनगर उपमहानगरपालिकाले सोमबार विहान एक कार्यक्रमको आयोजनागरी दुवैपक्ष बीच सहमती पत्रमा हस्ताक्षर भएको हो । विरुवा रोप्नका लागि वन मन्त्रालयका सचिव उदयचन्द्र ठाकुरको उपस्थितिमा उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपाल रेग्मी र जिल्ला बन अधिकृत दिपक ज्ञवालीले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । पहिलो चरणमा २०७२ भित्र ३८ किलोमिटर नगरक्षेत्रमा १० हजार विरुवा रोपिन लागेको जिल्ला वन कार्यालय मोरङका प्रमुख ज्ञवालीले बताए । वन कार्यालयले आफै उत्पादन गरेको दुई वर्ष हुर्केका ६ मिटर लम्वाइ भएको विरुवा नगरक्षेत्रमा रोप्ने तयारी छ ।
०००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्