प्रेम देवान
विराटनगर २८ मंसिर । लियो क्लव अफ विराटनगर ईनोभेटिभले सप्तव्यापी कार्यक्रम अन्र्तगत आज दोस्रो दिन दात माझ्ने मन्जन र ब्रस वितरण गरेको छ । क्लवले पुर्वाअञ्चल बाल सेवा आश्रममा रहेका बालबालीकालाई वितरण गरिएको जनाएको छ । नोवेल मेडिकल कलेजका दन्त चिकीत्सक डाक्टर सौगात चापागाई लगायतको टोलीले बालबालिकाको दांतको प्रशिक्षण पछी मञ्जन र ब्रस वितरण गरिएको ईभनोभेटिप क्लवका अध्यक्ष लियो सुनिरा चौधरीले जानकारी दिनुभयो । कार्यक्रममा पुर्वाअञ्चल बाल सेवा आश्रमकी अध्यक्ष सिता पोखरेलले बन्दले गर्दा आर्थिक संकट भएको बेला सहयोगीका हातहरु अघि बढ्दा आश्रमलाई ठुलो राहत मिलेको बताउनभुयो । आगामी दिनमा पनि यसरी नै निरन्तर सहयोगको अपेक्षा समेत गर्नुभयो ।