प्रहरी तालीम केन्द्रको ५० औं वार्षिकोत्सव कार्यक्रम

<span class='c1'>प्रहरी तालीम केन्द्रको ५०</span> <span class='c2'>औं वार्षिकोत्सव कार्यक्रम</span>

बिराटनगर, मंसिर २८ 

पूर्व क्षत्रीय प्रहरी तालिम केन्द्र रानी बिराटनगरले आफ्नो ५० औ वार्षिकोत्सव आज विविध कार्यक्रमको आयोजना गरी मनाएको छ। केन्द्रले स्वर्ण जयन्ती महोत्सवको अवसर पारेर आज “प्रहरी जवान” स्मारिका पुस्तकको बिमोचनसमेत गरेको छ।
क्षेत्रीय प्रहरी तालिम केन्द्रको खेलमैदानमा आयोजित विशेष कार्यक्रममा कार्यक्रममका प्रमुख अतिथी एवं पूर्व क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक माधव प्रसाद जोशीले केन्द्रद्वारा वार्षिक रुपमा प्रकाशन गरिदै आएको “प्रहरी जवान” पुस्तिकाको १६ औ अङकको बिमोचन गर्नु भएको हो।
पुस्तक बिमोचन गर्नुहुँदै प्रमुख अतिथी प्रहरी नायव महानिरीक्षक जोशीले बर्तमान प्रहरी नियमावलीको बढुवा प्रकृयामा तालिमको मूल्याङकन गरिने व्यवस्था रहेको हुँदा प्रहरीलाई दिईने तालिममा संख्यात्मक भन्दा पनि गुणात्मक बृद्धि हुनु पर्ने आवश्यक्ता रहेको बताउनुभयो।

वहाँले केन्द्रको स्वर्ण जयन्ती मनाउने अवधीसम्म आईपुग्नकालागी केन्द्रलाई प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग पुर्‍याउनु हुने सम्पुर्ण शुभेच्छुक तथा प्रहरी कर्मचारीहरुमा हार्दिक आभार व्यक्त गर्नुका साथै बिगतमा संगालेका अनुभवहरुका आधारमा तालिम केन्द्रले आफ्नो भावी योजना कोर्नकालागी अझ चिन्तन मनन् गर्नु पर्ने समय आएको समेत औल्याउनुभयो।

वार्षिकोत्सवकै अवसरमा केन्द्रले वर्षभरि उत्कृष्ट काम गर्ने चार जना प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरेको छ। पुरस्कृत हुनेमा प्रहरी निरीक्षक आशाराम चौधरी, प्रहरी सहायक निरीक्षक निर्मल भट्टराई, प्रहरी हवल्दार ढिक बहादुर बाग्दास र प्रहरी जवान डेनी दियाली रहेका छन्। उनीहरुलाई नगद पुरस्कारद्वारा पुरस्कृत गरी सम्मान गरिएको हो।

उक्त कार्यक्रममा तालिम केन्द्रलाई भौतिक सामाग्री, निर्माण कार्य तथा निःशुल्क स्वास्थ्य शिविरमा सहयोग पुर्‍याउनु हुने बिभिन्न संघ-संस्था तथा महानुभावहरुलाई समेत सम्मानपत्रले सम्मान गरिएको थियो।

केन्द्रले आफ्नो स्वर्ण जयन्तीको अवसरमा आयोजित बिविध खेलकुद प्रतियोगिताहरुमा प्रथम तथा द्धितीय भएका खेलाडीहरुलाई समेत सोही कार्यक्रममा पुरस्कार बितरण गरेको छ। बिजेता खेलाडीहरुलाई प्रमुख अतिथी माधव प्रसाद जोशी, सशस्त्र प्रहरी नायव महानिरीक्षक निराकारम बिक्रम शाह, अंचल प्रहरी कार्यालयका अंचल प्रहरी प्रमुखहरु, तालीम केन्द्रका समादेशक, सशस्त्र प्रहरी गण मुख्यालयका गणपति, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुखलगायतले पुरस्कार बितरण गर्नु भएको थियो।

बिशेष कार्यक्रममा केन्द्रका सह-समादेशक प्रहरी नायव उपरीक्षक दुर्गाराज रेग्मीले केन्द्रको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने समादेशक प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रमान श्रेष्ठले उपस्थीत पाहुना वर्गहरुमा धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

यसअघि केन्द्रले मंसिर २७ गते आईतबार स्वर्ण जयन्तीकै अवसर पारेर नोबेल मेडिकल कलेज एण्ड रिसर्च प्रा.लि. को प्राविधिक सहयोगमा केन्द्रको हाताभित्र निःशुल्क स्वास्थ्य शिविरको समेत आयोजना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्