ईट्टाभट्टाको चिम्नी ढल्दा मृत्यु हुनेको संख्या ८ पुग्यो

<span class='c1'>ईट्टाभट्टाको चिम्नी ढल्दा मृत्यु</span> <span class='c2'>हुनेको संख्या ८ पुग्यो</span>

सुनसरी, मंसिर २९

सुनसरी जिल्लाको इटहरीस्थित एक ईट्टा भट्टाको चिम्नी ढल्दा मृत्यु हुनेको संख्या आठ पुगेको छ। १९ जना घाइते भएका छन्।

ईटहरी नगरपालिका १५ एकम्बास्थित न्यु जयनेपाल इट्टा भट्टामा सोमबार सांझ ईट्टा पोल्नकालागी चिम्नी सल्काउने क्रममा अचानक पड्किएर बिष्फोट हुँदा उक्त भट्टामा काम गर्ने सात जनाको घटनास्थलमै र एक जनाको उपचारकाक्रममा मृत्यु भएको हो।

चिम्नीले थिचेर भारत बिहार घर भएका १५ वर्षिय सद्दाम हुसेन, १२ वर्षिय राहुल मिया, १६ वर्षिय सैलुन मिया, ५० वर्षिय गरिवलाल पासवान, २५ वर्षिय मिथिलेस पासवान, सुनसरी इटहरी नगरपालिका १६ बस्ने ६० वर्षिया भगलीदेवी चौधरी र ईटहरी नगरपालिका २० बस्ने ३० वर्षिय शिव नारायण चौधरीको घटनास्थलमै मृत्यु भएको थियो। त्यस्तै भारत बिहार घर भएका १६ वर्षिय मुस्तफा मियाँको सोमबार राती उपचारकाक्रममा धरान घोपामा मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका मानिसहरुको विपी कोराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्