मोरङ्गका सिडिओ कार्कीको सरुवा

<span class='c1'>मोरङ्गका सिडिओ</span> <span class='c2'>कार्कीको सरुवा</span>

विराटनगर २९ मंसिर,
२९ महिनाको सफल कार्यकाल सकेर मोरंङका प्रमुख जिल्ला अधिकारी मोरंङवाट सरुवा हुनु भएको छ । विराटनगरवाट नवलपरासी सरुवा हुनु भएका कार्कीको मोरंङ जिल्लाको कार्यकाल अत्यन्त सफल रहेको सर्वसाधारणाहरु बताउछन । प्रमुख जिल्ला अधिकारीको कार्यकाल अत्यन्त सफल र निर विवाद रहेको बताइएको छ ।
कांग्रेसले ल्याएको सिडिओ भनेर आरोप लगाइएपनी प्रमुख जिल्ला अधिकारी  गणेश राज कार्कीले आफुलाइ कुनै एकदलको सिडिओ नठानी सवैदल जनताको सिडोओ ठानेर कार्य गरेको विराटनगर वासीहरुको भनाइ छ । कलेज पढदा संघ संगठनमा लागेपनी सरकारी जागिरमा आएपछी प्रजिअ कार्कीले निर्वाद रुपले आफनो दायित्व निर्वाह गरेको बताइन्छ । सिडिओ कार्यालयमा आउने सेवाग्रहीलाइ छिटोछरितो सेवा प्रदानगर्न उहाले कार्यालयमा अभियाननै चलाउनु भएको थियो । सवैसंग मिलनसार सिडिआको रुपमा उहा चिनिनु हुन्छ । उहाले सवैको मन जित्नु भएको छ ।
आफनो कार्यकालको अवधिभर प्रमुख जिल्ला अधिकारी कार्कीले मोरंङमा रहेर उल्लेखनिय काम गर्नु भएको छ । दोश्रो संविधानसभाको निर्वाचन होस वा दोश्रो मधेश आन्दोलन वा सिमा नाका अवरोध खुलाउने सम्वन्धमा किन नहोस उहाको भुमिका सराहनिय छ । समग्र मोरंङलाइ शान्तीपुर्ण बनाउन उहाले ठुलो भुमिका निवार्ह गर्नु भएको दलका नेताहरु बताउछन । नेपाली कांग्रेसका विराटनगर नगर सभापती भिम पराजुलीले प्रमुख जिल्ला अधिकारी कार्कीले मोरंगमा आएदेखी शान्ती सुरक्षामा मात्र होइन हरेक समस्या सहज रुपले समाधान भएको बताउनुभयो । दोश्रो संविधानसभा हुन्छ हुदैन भन्ने सर्वसाधारणमा शंखा थियो तर सिडिओ सावले मोरंङमा शान्तीपुर्ण रुपले निर्वाचन गराउनु भएको पराजुलीको भनाइ छ ।
दुइवर्ष चारदिन मोरंङमा रहेर काम गर्नु भएका कार्कीले विराटनगरमा आयोजित एक कार्यक्रममा मोरंङवासीको मुक्त कन्ठले प्रसंसा समेत गर्नुभयो । आफनो कार्यकालमा राजनितिक दल, नागरिक समाज, उधोगी , व्यापारी , पत्रकार तथा विराटनगरवासीले गरेको सहयोगलाइ आफुले कहिले नभुल्ने बताउनु भएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी संगै रहनु भएको नेपाली कांग्रेसका मोरंङका सभापती एंव सांशद अमृत अर्यालले प्रमुख जिल्ला अधिकारीले प्रमुख जिल्ला अधिकारी ज्युको कार्यकाल अत्यन्त सफल रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्