झापामा धारिलो हतियार प्रहारबाट एक घाइते

झापामा धारिलो हतियार प्रहारबाट एक घाइते

झापा, पौष १

झापा जिल्लाको बालुवाडी गाविसमा मंगलबार सांझ एक युवकमाथी धारिलो हतियार प्रहार भएको छ।

अपरिचित समुहको धारिलो हतियार प्रहारबाट झापा महेशपुर १ बस्ने बर्ष २६ को हिरालाल उपरकोटी गम्भिर घाइते भएका छन्। उनको ढाडमा गहिरो चोट लागेको छ। उनलाई उपचारकालागी मेची अंचल अस्पताल भद्रपुर पुर्‍याईएको छ।

सांझ कबिर साढे सात बजे बालुवाडी २ स्थित शिव मन्दिर नजिकै उनीमाथी अपरिचित समुहले धारिलो हतियार प्रहार गरी फरार भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा इलाका प्रहरी कार्यालय बनियानीबाट प्रहरी टोली खटिगई घाइतेलाई उपचारकालागी लगिएको हो।

घटनासम्बन्धमा प्रहरीबाट अनुसन्धान तथा फरार अभियुक्तको खोजतलाश भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्