विराटनगरमा नयां पार्टी घोषणा

विराटनगरमा नयां पार्टी घोषणा

विराटनगर १ पुष । पिछडिएकावर्गको हक हितका भन्दै आज विराटनगरमा नयापार्टी घोषणा गरिएको छ । विराटनगरमा पत्रकार सम्मेलनगरी दलित, मुसलिम, श्रमिक पार्टी घोषणा गरिएको हो । पत्रकार सम्मेलनमा पार्टीका केन्द्रिय अध्यक्ष रन्जीत पासवानले अहिलेका कुनै पार्टीले पनि दलित , मुसलिम, मधेशी , जनजाती तथा पछाडी परेका वर्गका लागी काम नगरेकाले नया पार्टी घोषणा गरेका बताउनुभयो । यस अघि नेकपा सयुक्त आवद्ध रहनु भएका पासवानले मुलुकभरीको प्रतिनिधित्व हुनेगरी नया पार्टीमा सहभागी गराउनु भएको छ । ५१ सदस्यि रहेको नया पार्टीमा उपाध्यक्षमा गोवर्धन दास, अर्जुन साह तथा महासचिवमा सिताराम मण्डल तथा सचिवमा वावुराम पासवान रहनु भएको छ । ६ महिनाभित्र पार्टी दर्ता गराउने अभियानमा आफु लागेको अध्यक्ष पासवानले बताउनुभयो । यस अघि पासवान नेपाल राष्ट्र दलित केन्द्रका अध्यक्ष समेत रहनु भएको थियो ।
००००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्