भारततर्फ बेचबिखन गर्न लग्दै गरेको अवस्थामा चार बालकको उद्धार

<span class='c1'>भारततर्फ बेचबिखन गर्न लग्दै गरेको</span> <span class='c2'>अवस्थामा चार बालकको उद्धार</span>

विराटनगर ४ पौष । मोरङको टङ्कीसिनुवारी गाविस–१ शान्तिचोकबाट विभिन्न प्रलोभन देखाएर भारततर्फ बेचबिखन गर्न लग्दै गरेको अवस्थामा शुक्रबार बेलुका प्रहरीले चार बालकको उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक प्रमोद खरेलका अनुसार सुनसरी जिल्लाको बराह क्षेत्र गाविसबाट एक अपरिचित व्यक्तिले अण्डा उठाउने काम लगाई दिने भन्दै बसमा चढाएर भारत जाँदै गरेको सुनसरीको महेन्द्रनगर–६ का ११ वर्षीय किरन माझी, सोही ठाउँका १० वर्षीय राहुल माझी, उदयपुर ठोक्सीला गाविस–१ का १२ वर्षीय विक्रम माझी र सोही ठाउँका १० वर्षीय झनक माझी रहेका छन् । प्रहरीले उद्धार गरेका चार बालकलाई विराटनगरस्थित बाल हेल्पलाइनमा राखिएको र उनीहरुलाई परिवारको जिम्मा लगाइने प्रहरी नायब उपरीक्षक खरेलले जानकारी दिनुभयो । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्