संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ५ औं साधारण सभा सम्पन्न

<span class='c1'>संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था</span> <span class='c2'>लिमिटेडले ५ औं साधारण सभा सम्पन्न</span>

विराटनगर ४ पौष । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ५ औं साधारण सभा विराटनगरमा सम्पन्न गरेको छ । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ५ औं साधारण सभाका अवसरमा सांगीतिक क्षेत्रमा विशिष्ठ योगदान पु¥याउने संगीतकार सुमन श्रेष्ठ र पत्रकार भक्त राईलाई सम्मान गरिएको हो । यसैगरी उत्कृष्ट बचतकर्ता र असल ऋणीलाई पनि सम्मान गरिएको छ । कार्यक्रममा आर्थिक बर्ष २०७२÷०७३ को प्रस्तावित कार्ययोजना प्रस्तुत गर्दे संस्थाका अध्यक्ष इन्द्र राइले ७४ वटा संस्थागत विद्यालय सदस्य रहेको र ८ लाख ३६ हजार शेयर पुजी रहेको जानकारी दिनुभयो । यस्तै कार्यक्रममा बोल्दै सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेलले वितिय क्षेत्रमा सहकारी संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्दे जिवनस्तर उकास्न सहकारी संस्थाहरु पछिल्ला दिनमा सफल बन्दै गएको बताउनु भयो । हाल नेपालमा ३३ हजार भन्दा बढी सहकारी संस्था र ४७ लाख भन्दा बढी व्यक्तिहरु सेयर सदस्यहरु रहेको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्