भारदहमा आज बिहान धान बोकेको ट्रक दुर्घटना 

<span class='c1'>भारदहमा आज बिहान धान</span> <span class='c2'>बोकेको ट्रक दुर्घटना </span>

सप्तरी, पौष ७

पूर्व पश्चिम राजमार्ग अन्तरगत सप्तरी जिल्लाको भारदहमा आज बिहान धान बोकेको ट्रक पल्टिंदा एक जना घाइते भएका छन्।

पश्चिमबाट पूर्वतर्फ आउदै गरेको ना. १ ख १४१२ नम्बरको बिहान ४ बजे भारदह ४ स्थित राजमार्गमा अनियन्त्रित भई पल्टिएको हो।

दुर्घटनामा ट्रकका धनि सुनसरी ईनरुवा नगरपालिका ४ बस्ने वर्ष ४५ को अमित साह गम्भिर घाइते भएका छन्। साहलाई उपचारकालागि विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान ल्याइएको छ।

ट्रक घटनास्थलमै रहेको छ भने चालकलाई प्रहरीले नियन्त्रणमा राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्