मोरङ र सुनसरीका उखु कृषकहरु विस्तारै पलायन हुँदै

<span class='c1'>मोरङ र सुनसरीका उखु</span> <span class='c2'>कृषकहरु विस्तारै पलायन हुँदै</span>

बिनु तिम्सिना
बिराटनगर पुस ७
सुनसरीको अमाहीबेलास्थित इस्टर्न सुगरमिलले उखु कृषकलाई समयमै रकम भुक्तान नगरेपछि उखुखेतीबाट मोरङ र सुनसरीका कृषकहरु विस्तारै पलायन हुन थालेका छन् । वर्षभरी मेहेनत गरेर लगाएको उखुबाट नाफा त परै जाओस तोकिएको मुल्य सम्मपनि समयमै नपाउँदा कृषकहरु उखुखेती छाड्न बाध्य भएका हुन् ।
उखुको मूल्य लिन हरेक वर्ष यहाँका कृषकले आन्दोलन गर्नुपर्ने अवस्था छ । आन्दोलन गर्दा पनि सुनवाई हुन छाडेपछि यहाँका कृषकहरुले उखुखेती बाट पलायन हुन थालेका छन् । उखुमिलले समयमै पैसा नदिँदा उहाँका कृषकहरुले ऋण लिएर गरेको खेतीले नाफाभन्दा घाटा व्यहोर्नुपरेको छ । बाउबाजेको पालादेखि उखुखेति गर्दै आएका विराटनगर–५ इक्राहीका दिपेन्द्रकुमार यादवले अघिल्लो वर्षदेखि उखुखेति नै गर्न छाडेका छन् । चार विगाहा खेतमा उखुखेति गर्दै आएका उनले सुगरमिलले वर्षेनी रकम भुक्तानीमा आलटाल गर्न थालेपछि हैरान भएर खेति नै गर्न छाडेका हुन् ।
मोेरङ कद्महाका बुधन पासवानले पाँच विगाहामा उखु लगाएका छन् । अघिल्लो वर्षपनि उनले पाँच विगाहाबाट १८ सय क्वीन्टल उखु सुगरमिललाइ बिक्रि गरेका थिए । तर त्यसको सकम हालसम्म पनि उनले पाएका छैनन् ।
वर्ष दिनसम्म पनि भुक्तानी नपाएपछि थोरै क्षेत्रफलमा उखु लगाउने कृषकलाई गुजारा चलाउन मुस्किल हुने गरेको उनको भनाइ छ । उखुमिलले समयमै भुक्तानी दिए अन्य बालीमा भन्दा उखुमा पाँच गुना बढी फाइदा हुन्छ । एक बिगाहामा गरिएको उखुखेतीबाट वार्षिक दुई लाख रुपैयाँसम्म आम्दानी गर्न सकिन्छ । एक वर्ष लगाएको उखुबाट तीन वर्षसम्म उत्पादन लिन सकिने भएकाले पनि अन्य बालीको तुलनामा उखुखेतीबाट बढि फाइदा लिन सकिन्छ । तर उखु बेचेको पैसा वर्ष दिनसम्म पनि भुक्तानी नपाएपछि यहाँका कृषहरुले विस्तारै उखुखेती नै छाड्न थालेका छन् । मोरङ र सुनसरीमा बार्षिक छ हजार बिगाहा क्षेत्रफलमा गरिएको उखुखेतीबाट १८ लाख क्विन्टल उखु उत्पादन हुने गरेको छ । यहाँका कृषकका लागि उखु बिक्री गर्ने ठाउँ इस्टर्न सुगरमिल मात्रै भएका कारण पनि मिलले आफूअनुकूल मूल्य तोक्दा कृषकहरु मारमा पर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्