बिराटनगरलाई अपाङगतामैत्री नगर बनाउन माग

<span class='c1'>बिराटनगरलाई अपाङगतामैत्री नगर</span> <span class='c2'>बनाउन माग</span>

बिनु तिम्सिना
बिराटनगर पुस ७
विराटनगरलाई वालमैत्री नगरको रुपमा विकास गर्न उप–महानगरपालिका यतिबेला कम्मर कसेर लागेको छ । तर अपाङगता भएका वालवालिकाको लागि उपमहानगरपालिकाले पूर्वाधार बेगर बालमैत्री नगर बनाउन लागेपछि अपाङगताको क्षेत्रमा काम गर्ने सरोकारवालालाहरुले चिन्ता ब्यत्त गरेका छन ।
वालमैत्री नगर बनाउन उप–महानगरपालिकाले वालवालिकाको क्षेत्रमा कुुल वजेटको २१ प्रतिशत वजेट छुुट्याएको छ । बालमैत्री नगर बनाउन उपमहानगरपालिकाले ४६ वटा सुूचक तयार पारेको छ । जसमा २४ वटा सूचक पुरा भइसकेको नगरपालिकाले जनाएको छ । यता अपाङगता भएका वालवालिकाको लागि उपमहानगरपालिकाले कुनै पनि ठोस काम गरेको छैन । अपाङगता भएका वालवालिकाको लागि कुनै योजना नै नबनाई बालमैत्री नगर बनाएमा त्यसको कार्यान्वयन पक्ष अत्यन्त जटिल हुने सामथ्र्य समाज विराटनगरका अअध्यक्ष विमल बस्नेतको भनाइ छ ।
यता विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीले भने बालमैत्री नगर घोषणा गर्नु नगरलाई बालमैत्री बनाउने सुरुवात रहेकाले विस्तारै सबै बालबालिकाहरुलाइ समेट्दै जाने बताउनुहुन्छ । बालमैत्री नगर घोषणा भन्ने बित्तिकै नगर बालमैत्री भइहाल्ने नभइ घोषणापछिका कार्यहरु बालमैत्री बनाउदै लाने भएकाले यसमा आशंका नगर्न उहाँले आग्रह समेत गर्नुभयो । तर अपांगता भएका बालबालिकाहरुको हितमा कुनैपनि कार्यक्रम नल्याइएको सरोकारवालाहरुको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्