श्रीमानले रिसले श्रीमती माथी चिर्पट प्रहार

<span class='c1'>श्रीमानले रिसले श्रीमती</span> <span class='c2'>माथी चिर्पट प्रहार</span>

बिराटनगर पुस ८

अर्काकी श्रीमतीसँग अनैतिक सम्बन्ध राख्नेले के सजाय पाउलान ? अझ सम्पर्क भई रहेको अवस्थामा श्रीमानले नै जोडीलाई भेटे उनको रवैया कस्तो हुन्छ होला ? मोरङमा यस्तै घटना भएको छ । आफ्नी श्रीमतीले अर्कै व्यक्तिसँग यौन सम्पर्क गर्दै गरेको अवस्थामा भेटेपछि ती श्रीमान रिसले भाउन्न हुँदै चिर्पटले प्रहार गरेका छन् ।मोरङको केरावारी– ६ जंगीहाटका बस्नेत थरका व्यक्तिले स्थानीय ४० वर्षीय खड्गनारायण गिरीमाथि सोमबार राति दाऊराको चिर्पट प्रहार गरेका छन् । घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि धरान पठाइएको छ । उनको टाउको र शरीरका अन्य भागमा चोट लागेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आफ्नी श्रीमतीसँग अनैतिक सम्बन्ध राख्दै गरेको अवस्थामा फेला पारेपछि श्रीमानले गिरीलाई चिर्पटले हानेका थिए । मोरङ प्रहरीका प्रवक्ता प्रमोदकुमार खरेलले भन्नुभयो, ‘अनैतिक सम्बन्ध राख्दै गर्दा भेटेर आक्रमण भएको भन्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ ।’ घटनाको विषयमा थप अनुसन्धान भई रहेको खरेलले बताउनुभयो । श्रीमान बाहिर निस्केको बेला घरमै आएर ती व्यक्तिले सम्बन्ध राखेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्