छु्ट्टा छुट्टै स्थानमा आगलागीबाट १३ घर जले, तीन जना घाइते

<span class='c1'>छु्ट्टा छुट्टै स्थानमा आगलागीबाट १३</span> <span class='c2'>घर जले, तीन जना घाइते</span>

सुनसरी र सिरहा, पौष ९

सुनसरी र सिरहा जिल्लाको दुई स्थानमा बुधबार राती आगलागीबाट १३ वटा घर जलेको छ।

सुनसरीको हरिपुर गाविस ७ स्थित मुकेश श्रेष्ठको घरमा राती साढे नौ बजेतिर लागेको आगो सल्किंदा उनीसहित छिमेकी चार जनाको घर तथा एउटा धान मिल जलेको हो।

आगोले मुकेश श्रेष्ठ, छोटकाईन खत्वे, सुकसेन कापर, बिनोद कुमार शर्मा र जनार्दन एक\एक वटा घर तथा छोटकाईन खत्वेको घरमा रहेको एउटा धान मिल जलेको छ।

आगो नियन्त्रण गर्नकालागि उनीहरुको घर अगाडी रहेको तीन वटा घुम्तीसमेत भत्काउनु परेको थियो। आगलागीबाट अन्दाजी तीस लाख बराबरको क्षती भएको बताईएको छ।

आगो नियन्त्रण गर्नेक्रममा हरिपुर गाविस ८ बस्ने २८ वर्षिय सर्वेन्द्र कुमार दास र ५२ वर्षिया सुशिलादेवी श्रेष्ठ र २१ वर्षिया सुनिता श्रेष्ठको हात, खुट्टा र कम्मरमा आगोले पोलेको छ। तीनै जनालाई उपचारकालागी ईनरुवा अस्पताल पुर्‍याइएको छ।

उक्त स्थानमा लागेको आगो इनरुवाको दमकल, स्थानीय नेपाल प्रहरी, सशस्त्र प्रहरी र गाँउलेको सहयोगमा राती साढे १० बजे नियन्त्रण गरिएको थियो।

त्यस्तै सोही राती सिरहा जिल्लाको सितापुर गाविसमा आगलागी हुँदा ७ वटा घर जलेको छ। छन्।

सितापुर ४ स्थित राम विलास रामको गाईगोठमा बालिएको घुरबाट अचानक आगलागी भएको थियो।

आगलागीबाट रामविलास रामको तीन वटा घर, रामवलि रामको दुई वटा घर तथा फेकन राम र लखन रामको एक\एक वटा घर तथा घरभित्र राखिएको अन्नपात, भाडावर्तन र नगद जल्दा अन्दाजी ११ लाख बराबरको क्षती भएको छ।

आगो स्थानीय गाँउले र प्रहरीको सहयोगमा नियन्त्रण गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्