किरात समुदायको महान पर्व उधौली पर्व आज भव्य मनाईदै

<span class='c1'>किरात समुदायको महान पर्व उधौली</span> <span class='c2'>पर्व आज भव्य मनाईदै</span>

 

प्रेम देवान विराटनगर १० पुष ।

प्रकृति र पितृको पूजा गरि आज राई, लिम्बु, सुनुवार, याक्खा लगाएत किरात समुदायको ठुलो चाड साकेला उधौली पर्व मनाइदैछ । किरात समूदायले आफुले लगाएको अन्नबाली पाकेपछी आफ्नो कुल देवतालाई चढाएपछि मात्र खाने दिनलाई चाडको रुपमा मनाउने गर्दछन् । परम्परा अनुसार लिम्बुले चासो तगनाम पर्व मनाउने गर्छन् भने याख्खाले चासुवा सुनुवारले खोल स्यादर र राईले उधौली साकेला भनेर आज संयक्त रुपमा मनाउने गरिन्छ । किरात समुदायकोे मुख्य पर्व साकेला उभौली बैशाख पूर्णिमाको दिन र उधौली मंसिर पूर्णिमाको दिन मनाइन्छ । पर्वको अबसरमा आज विराटनगर १५ मा रहेको साकेला थानमा सबै किरात समुदायका सबै उमेरका मानिसहरु आपसमा गोलो घेरा बनाएर चण्डी नाच्ने गर्दछन् । विश्वमा परम्परादेखि मान्दै आएका सबैप्रकारका चाडपर्वहरु आरम्भमा निश्चित समुदाय वा जातिले मान्ने गरेको इतिहास भएपनि चाडपर्वहरु समाज विकासको दृष्टिकोणले एकपछि अर्को समुदायमा पनि फैलदैै जाने गरेको नेपाल आदिवासी जनजाती महासघं मोरङ्गका अध्यक्ष मिलन कुमार राई बताउनुहुन्छ । जसरी नेपालमा गणतन्त्रपछि छठपर्वको प्रभाव गैरतराई मधेसी समुदायमा पनि फैलिदै गएको र अन्यले पनि आत्मसाथ गर्दै गएको पाइन्छ किरातवंशको पर्व चासोक तङनाम लगायत अन्य जनजातीहरुको चाडवाडको सवालमा पनि यो सान्दर्भिक हुदै गएको बताउनुहुन्छ किरात राई यायोख्खा नगर परिषदका अध्यक्ष मोहन राई । किरातहरु कै अर्को शाखा याक्खा जातिहरुले चासोवा पर्व मनाउने क्रममा याक्खाहरु एक ठांउमा भेला भई केवलाक, चावकलाक गर्ने, विभिन्न जातिय संस्कृति झल्कने प्रतियोगिताहरु आयोजना गर्ने, नाचगान गर्ने, शुभकामना आदानप्रदान गर्ने चलन रहेको बताउनुहुन्छ किरात याक्खा छुम्मा नगर अध्यक्ष भुपेन्द्र देवान । यसैबीच उधौली पर्वको अवसरमा आज साकेला थान विराटनगरमा एउटा छुटै किसीमको मेला नै लाग्ने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्