बिराटनगर बजार आज फेरी बन्द

<span class='c1'>बिराटनगर बजार आज</span> <span class='c2'>फेरी बन्द</span>

सुमन तिम्सिना

विराटनगर, पुस १२ – केही दिनदेखि सामान्य बन्दै गएको विराटनगर आइतबार बिहानैदेखि तातेको छ । मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबिच शनिबार दिउँसो रानी भन्सार कार्यालयमा झडप भएपछि विराटनगरमा आन्दोलन थालेको हो ।

केही दिन अघिदेखि यातायात, शैक्षिक क्षेत्र, तथा व्यापार व्यावसाय सामान्य बनेको विराटनगर क्षेत्रमा आइतबार बिहानैदेखि बजार ठप्प भएको छ । मोर्चाका कार्यकर्ता बजार बन्द गराउँदै हिँडेका छन् ।

शनिबार रानी भन्सार क्षेत्रमा धर्नामा बसेका मोर्चाका कार्यकर्तालाई हटाउने क्रममा झडपमा परि सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो घाइते भएपछि राजेन्द्र महतोको निर्देशनमा विराटनगर बजार बन्द  भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्